Logo

इन्डोनेशियामा फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु



एजेन्सी, १६ असोज । इन्डोनेशियाको फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले हुलदंगा गर्न खोज्दा प्रहरीले अश्रुग्याँस प्रयोग गरेको थियो । त्यसपछि भागदौड चल्दा उक्त घटना भएको हो ।

अरेमा फुटबल क्लबका समर्थक पेरिसिबाया सुराबाया टोलीसँग ३(२ ले पराजित भएपछि समर्थकहरु फुटबल मैदानमा ओर्लिएर हुलदंगा गर्न पुगेका थिए । प्रहरीले भीड नियन्त्रणमा लिन अश्रु ग्याँस चलाएको थियो । त्यसपछि भागदौड मच्चिएको जनाइएको छ ।

प्रहरीका अनुसार फुटबल समर्थकहरुले हिंसा मच्चाउँदा दुई प्रहरी मारिएपछि अश्रुग्याँस प्रहार गरिएको थियो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्