Logo

भीम रावलले एमाले छाड्छन् कि केपी ओलीसँग आत्मसमर्पण गर्छन्? (भिडिओसहित)



काठमाडौं, १८ असार। नेकपा एमालेका नेता भीम रावलले आफ्ना लागि पद र उम्मेदवारी गाैण भएकाे बताएका छन्। “मलाई अछाम १ बाट लड्न नदिने भन्ने कुरा मेराे जानकारीमा छैन। आत्मसमर्पण मेराे रगतमै छैन। म मूल्य र मान्यतामा विश्वास गर्छु। उम्मेदवारी वा पद मेरानिम्ति गाैण हाे,” प्राइम एचडी टेलिभिजनकाे कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले भने।

नेता रावलले आफूलाई गायब भएकाे भन्नु हास्यास्पद भएकाे पनि आैंल्याए। उनले थपे, “विधि र प्रक्रिया मान्ने हाे भने मलाई उम्मेदवारी दिनबाट कसैले राेक्न सक्दैन। किनभने मलाई अछाम १ बाट सर्वसम्मतिले सिफारिस गरिएकाे छ। म अछामी जनतालाई कदापि धाेका दिन सक्दिनँ।” पार्टी जाेगउने नेतालाई अनुशासनहीन भन्न नमिल्ने पनि उनकाे तर्क छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot