Logo

डर्टमण्ड र बायर्नको रोमाञ्चक बराबरी



एजेन्सी । जर्मन लिग बुन्डेसलिगामा बोरुसिया डर्टमण्ड र बायर्न म्युनिखले रोमाञ्चक बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा डर्टमण्ड र १० खेलाडीमा समेटिएको बायर्नले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

सिग्नल इडुना-पार्कमा भएको खेलमा डर्टमण्डको लागि योउसोउफा मोउकोको र एन्थोनी मोडेस्टेले समान एक-एक गोल गरे । बायर्नको लागि लियोन गोरेट्ज्का र लोरी सानेले गोल गरे । खेलको ३३ औं मिनेटमा मुसिएलाको पासमा गोरेट्ज्काले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मुलिएलाकै पासमा सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

७४ औं मिनेटमा मोडेस्टेको पासमा मोउकोकोले गोल गर्दै डर्टमण्डलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ९० औं मिनेटमा किंग्सले कोमान रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो । यस्तै इन्जुरी समयको पाँचौ मिनेटमा मोडेस्टेले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

बराबरीसँगै बायर्न ९ खेलबाट १६ अंकको साथ लिगको तेस्रो स्थानमा रहेको छ भने पराजीत डर्टमण्डको समान अंक भएपनि गोल अन्तरमा पछि रहँदै चौथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot