Logo

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं, २४ असोज । बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका नेपाली राष्ट्रिय टिमका क्रिक्रेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि गत २० गतेदेखि गणना हुने गरी म्याद थप्ने अनुमति दिएको हो ।

चार दिन अघि नै पक्राउ परेपनि सन्दीपलाई सार्वजनिक विदाकोक कारण अनुसन्धानका लागि म्याद थपिएको थिएन । लामिछानेलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot