Logo

शताब्दी पुरुष जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने



काठमाडौं, ३० असोज । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन सार्वजनिक विदा दिने भएको छ ।

जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो ।

जोशीको पार्थिव शरिर आज अन्मित श्रद्धाञ्जलीको लागि ललितपुर महानगरपालिकामा राखिएको थियो ।

सो क्रममा जोशीको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका थिए ।

यस्तै, संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने बताएका थिए ।

अन्तिम श्रद्धाञ्जलीको लागि नेपाल सरकारका मन्त्रीहरु, विभिन्न दलका नेता, विदेशी नियोगका प्रमुखहरुलगायत पुगेका थिए ।

file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot