Logo

खरेलले सुनाए आफ्नो उम्मेदवारीको कारण



काठमाडौं, ३१ असोज । आगामी मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं–१ मा प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारी दिएका रमेश प्रसाद खरेलले आफ्नो उम्मेदवारी किन भन्नेबारे कारण खुलाएका छन् ।

उनले राष्ट्र एवम् राष्ट्रियताको अक्षुण्णता, गौरव, गरिमा, प्रवलताको सम्मान र सम्र्वद्धन गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत राष्ट्रको छवि, गौरव र सम्मान अभिवृति गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उनी स्वतन्त्र राजनीतिक शक्ति नेपालको तर्फबाट आमा चिन्ह लिएर चुनावी मैदानमा छन् । उनले नेपालको अन्तर्राष्ट्रिय सिमाना नियमित र सुरक्षित बनाउने पनि प्रबिद्धता जनाएका छन् ।

अपराध र अपराधीको टाउको उठाउन नदिई समाजमा सुव्यवस्था र अमनचयन कायम गर्ने पनि विश्वास दिलाएका छन् । उनले भ्रष्टाचारमा संलग्न हुनु भनेको आमाको रगत खानुबराबर हो भन्ने मान्यताअनुरुप सार्वजनिक क्षेत्रमा सुशासनको प्रत्याभुति दिने वचनबद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot