Logo

जयप्रकाश ठाकुरको ठोकुवा : म ४६ हजार मत ल्याएर चुनाव जित्छु (भिडिओसहित)



काठमाडौं, १ कार्तिक । लोसपाका प्रभावशाली नेता तथा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सप्तरी–२ का उम्मेदवार जयप्रकाश ठाकुरले आफूले चुनाव जित्ने ठोकुवा गरेका छन् । उनले आफू सत्तापक्षीय पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेको बताउँदै चुनावमा अन्तर्घात नहुने विश्वास दिलाए ।

आज विहान प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू ४६ हजार मत ल्याएर विजयी हुने पनि ठोकुवा गरे । ठाकुरले आफूसँग १० हजार भन्दा बढि निजी भोट रहेको खुलासा गरे । उनले आफूसँग चुनावी प्रतिष्पर्धामा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले सो क्षेत्रको विकासको लागि केही पनि काम नगरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot