Logo

आचारसंहिता उल्लंघन गरेपछि कांग्रेसका दुर्लभ थापासँग निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण माग



काठमाडौं, १ कार्तिक । निर्वाचन आयोगले भक्तपुर निर्वाचन क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै लिखित स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई आज (मंगलबार) २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले थापाले सूर्यविनायक नगरपालिका वडा नं २, ३, ४ र ६ का विभिन्न चोकमा झण्डा, तुल ब्यानरसहितका प्रचारप्रसार सामग्री टाँगेको भन्दै थापालाई आफैं वा प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot