Logo

इन्जिनिर्यस एशोसिएसनद्धारा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं, २ कात्तिक । नेपाल इन्जिनिर्यस एशोसिएसन बाग्मती प्रदेशले डेगु ज्वरोको कारण रगतको माग वृद्धि भएपछि रक्तदान कार्यक्रमको आयोजना गरेर २० पिन्ट रगत संकलन गरेको छ ।

एशोसिएसनको बाग्मती प्रदेशको कार्यालय बबरमहल काठमाडौंमा आज बिहान ८ बजेदेखि ११ बजेसम्म रक्तदान संकलन कार्यक्रमको आयोजना गरिएको हो ।

‘बढ्दो डेंगु संक्रमणमा रगत अभावलाई रक्तदान गरी सहयोग गरौ’ भन्ने मुल नाराका साथ एसोसिशयशनले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

संकलन भएको उक्त रगत नेपाल रेडक्रस सोसाइटीलाई दिइने कार्यक्रमका संयोजक चिरिन्जिबी खतिवडाले बताए ।

Photo : Dinesh Chaudhary

 



प्रतिक्रिया दिनुहोस्

Screenshot