Logo

पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण



काठमाडौँ,२ कार्तिक । म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिबिरबाट नौ सय चौध जना महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गरिएको छ । महिलामा समस्या हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा गाउँपालिकाको पाँच वटा वडाका महिलाले सेवा लिएका हुन् । यसमध्ये ३६ महिलामा भिआई ‘ए’ पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका महिलालाई थप उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले बताए ।

शिविरमा महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन एवं परामर्श सेवा दिइएको छ । परिवार नियोजन परामर्श, कोभिड १९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप, आयुर्वेद, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरबाट उपलव्ध गराइएको छ । जन्म, मृत्यृ, बसाइँ, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता समेत हुनेछ ।

व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर सङ्कलन,ज्येष्ठ नागरिक एवं अपाङ्गता परिचय पत्र वितरण हुनेछ । बीउबिजन बितरण एवं कृषि अनुदान माग सङ्कलन, पशु सेवा शाखा अन्र्तगत गोवर परिक्षण सेवा रहेको छ । त्यसैगरी नतिजाको आधारमा पशु पक्षीलाई औषधि वितरण, बाख्रापाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, उपभोक्तासँग योजना संम्झौता हुने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । शिविर कात्तिक ४ गतेसम्म चल्ने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot