Logo

‘माइनर हार्ट अट्याक’ पछि स्वास्थ्य लाभ गर्दै वर्षा



काठमाडौं, ३ कात्तिक । नायिका वर्षा शिवाकोटी स्वास्थ्यमा समस्या आएपछि अहिले स्वास्थ्य लाभ गरिरहेकी छिन् । बुधबार आफूलाई ‘माइनर हार्ट अट्याक’ भएको सामाजिक सञ्जालमार्फत उनी आफैले जानकारी दिएकी हुन् ।

अभिनेत्रीलाई ह्दयघातकै कारण परिवारले मेडिसिटी अस्पताल पुर्याएका थिए । अहिले उनी सामान्य उपचारपछि घरमै आराम गरिरहेको जनाइएको छ ।

उनका फ्यानहरुले वर्षाको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हिजो नै सिन्धुपाल्चोक केन्द्र विन्दु भएर भुकम्प पनि गएको थियो । कति ले त उनको स्याट्टसलाई भुकम्पसँग पनि जोडेर हेरेका थिए ।

केही समयअघि मात्रै विवाह बन्धनमा बाधिएकी वर्षा उनका श्रीमान आशिष गेलालसँग सम्बन्धलाई लिएर पनि चर्चामा थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot