Logo

महेन्द्र यादवको दाबी : रघुवीर महासेठलाई २० हजार मतान्तरले पराजित गर्छु (भिडिओसहित)



काठमाडौं, ४ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् आगामी निर्वाचनमा धनुषा–४ बाट प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र यादवले आफूले एमालेका उम्मेदवार रघुवीर महासेठलाई २० हजार मतान्तरले जित्ने दाबी गरेका छन् । यादवले यसअिघ जितेर गएका महासेठले सो क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेको आरोप लगाउँदै यसपटक आफूले महासेठलाई नराम्रोसँग पराजित गर्ने दाबी गरेका हुन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनपछि आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरे । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि प्रधानमन्त्री बन्ने घोषणा गरे ।

उनले भने,‘अब आलोपालो सरकार बन्छ, देउवा र प्रचण्ड दुवै जनता प्रधानमन्त्री हुनुहुन्छ । निर्वाचनपछि मधेशमा पनि गठबन्धनकै मुख्यमन्त्री बन्छन् ।’ उनले यसपटकको निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि चुनाव हार्ने ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot