Logo

राज्यमन्त्री केसीको स्वास्थ्य अवस्था सामान्य



काठमाडौँ,४ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

डेङ्गु सङ्क्रमण भएपछि वीर अस्पतालमा उपचाररत रहेका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि राज्यमन्त्री केसीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो । “उनको स्वास्थ्यावस्था सुधार भइरहेको छ । एक दुई दिन सघन उपचार कक्ष (आइसियु) मै चिकित्सकको निगरानीमा राख्नेछौँ”, उनले भने, “त्यसपछि डिस्चार्ज गर्छौँ ।” उनले राज्यमन्त्री केसीलाई थप निगरानी गर्नुपर्ने भएकाले आइसियुमा राखिएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot