Logo

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थपियो



काठमाडौं, ६ कात्तिक । बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप २ दिन म्याद थपिएको छ । अघिल्लो पटक थपिएको म्याद सकिएपछि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिन समय दिएको हो ।

जिल्ला अदालत काठमाडौंले असोज २४ गतेदेखि २० गतेबाट गणना सुरु हुनेगरी सात दिनको म्याद दिएको थियो । असोज ७ गते दोस्रो पटक पुनः म्याद थप गरेको थियो । त्यसैगरी, कात्तिक २ गते चार दिनको म्याद थपिएको थियो ।

सन्दीपमाथि नाबालिगले सिनामंगलस्थित एक होटलमा राखेर आफूमाथि पटक–पटक बलात्कार गरेको आरोप लगाउदै उनीविरुद्ध उजुरी दिएकी थिइन् । उजुरी दिएको समय सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्नका लागि नेपाल बाहिर थिए ।



प्रतिक्रिया दिनुहोस्