Logo

युरोपा लिगमा आर्सनल पराजीत



 एजेन्सी । इङ्लिस क्लब आर्सनल युईएफए युरोपा लिगमा पराजीत भएको छ । गएराति भएको खेलमा पीएसभीसँग २-० गोलले पराजीत हुँदै आर्सनलले युरोपा लिगमा पहिलो हार चाखेको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसभीलाई जीत दिलाउन लुक डी योङ र जोए भिरमेनले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा डी योङको पासमा भिरमेनले गोल गर्दै पीएसभीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६३ औं मिनेटमा गाक्पोको पासमा डी योङले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पीएसभी २-० गोलले विजयी भयो ।

जीतसँगै पीएसभी ५ खेलबाट १० अङ्कको साथ दोस्रो स्थानमा रहेको रहेछ । समान खेलबाट १२ अङ्क जोडेको आर्सनल समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्