Logo

घरेलु मैदानमा लिभरपुल स्तब्ध



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल पराजीत भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल घरेलु मैदानमा लिड्स युनाईटेडसँग २-१ गोलले पराजीत भएको हो ।

एनफिल्डमा भएको खेलमा लिड्सलाई जीत दिलाउन रोद्रिगो र क्राइसेन्सियो समरभिलेले एक-एक गोल गरे । लिभरपुलको लागि मोहम्मद सलाहले एक गोल फर्काए । खेलको चौथो मिनेटमा रोद्रिगोले गोल गर्दै लिड्सलाई शुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा रोबर्टसनको पासमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

यस्तै ८९ औं मिनेटमा बाम्फोर्डको पासमा समरभिलेले गोल गर्दै लिड्सलाई २-१ गोलको जीत दिलाएका हुन् । जीतसँगै लिड्स १२ खेलबाट १२ अंक जोड्दै लिगको १५ औं स्थानमा उक्लिदा पराजीत लिभरपुल १६ अंकको साथ नवौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot