Logo

जारी विश्वकपमा भारतको पहिलो हार



एजेन्सी । आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजीत यात्रालाई निरन्तरता दिएको छ । आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकासँग ५ विकेटले पराजीत हुँदै भारतले जारी विश्वकपमा पहिलो हार बेहोरेको हो ।

जीतको लागि १ सय ३४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा दुई विकेट बाँकी रहँदै ५ विकेटको क्षतिमा १ सय ३७ रन बनाउँदै लक्ष्य भट्टायो । दक्षिण अफ्रिकाको लागि एडम मारक्रम र डेभिड मिलरले सर्धसतक पुरा गरे ।

मिलरले ४६ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाउँदा मारक्रमले ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५२ बनाए । भारतको लागु अर्शदीप सिंहले दुई विकेट लिँदा मोहम्मद शामी, हार्दिक पान्ड्य र रवि आश्विनले एक-एक विकेट लिए ।

यसअघि पर्थ स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले लज्जास्पद ब्याटिङ प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । भारतको लागि सुर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाए । उनले ४० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै रोहित शर्माले १५ र विराट कोहलीले १२ रन बनाए ।

दक्षिण अफ्रिकाका लुंगिसानी एनगिडीले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए । यस्तै वेन पार्नेलले ४ ओभरमा १ मेडन राख्दै १५ रन दिएर ३ विकेट लिँदा अनारिख नॉर्खियेले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot