Logo

दिल्लीमा प्लास्टिक कारखानामा भीषण आगलागी



एजेन्सी, १५ कात्तिक । दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको तीन तले प्लाष्टिक दाना कारखानामा मंगलबार बिहान आगलागी भएको छ ।

आगलागीमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । १५ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

एजेन्सीको अनुसार मंगलबार बिहान ९ः३५ बजे कारखानामा आगलागी भएको हो । घटनामा दुई जनाको मृत्यु भएको छ । उनीहरुको पहिचान भैरहेको छ । घाइतेहरुको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

तीन सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो कारखाना नरेला औद्योगिक क्षेत्रको ई–ब्लकमा रहेको तीनतले हो । दोस्रो र तेस्रो तल्लामा आगो लागेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । दमकलले बिहान ९ः३५ बजे दुर्घटनाको जानकारी पाएको थियो । घटनास्थलमा उद्धार कार्य जारी छ ।



प्रतिक्रिया दिनुहोस्