Logo

दाङ–२ मा रेखाको अग्रता कायमै, १७०६ मतले पछि परे शंकर पोखरेल



काठमाडौं, ७ मंसिर । दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छिन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १ हजार ७०६ मतले पछि पार्दै शर्मा अग्रस्थानमा छिन् ।

भर्खरै प्राप्त भएको मतपरिणाम अनुसार शर्माले १५ हजार ५५ मत पाएकी छिन् । ४० हजार ९४७ मत गन्दा पोखरेलले १३ हजार ३४१ मत ल्याएका छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पाटीका विशाल भट्टराईले ७ हजार ५११ मत लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot