Logo

रवि लामिछानेको अग्रता कायमै, कति पाए मत?



काठमाडौं, मंसिर ८ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउदै लगेका छन् ।

पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका छन् । लामिछानेले ३९ हजार २१६ मत पाउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मत प्राप्त गरेका छन् ।

सहरी एरियामा मत गन्न सुरु भएसँगै रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्