Logo

कैलाली–४ मा गठबन्धनको ‘क्लिन स्वीप’



काठमाडौँ,८ मँसिर । कैलालीको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभा(१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी हुनुभएको थियो ।

प्रदेशसभा (१) मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गर्नुभयो । देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर चार हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो ।

प्रदेशसभा (२)मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी हुनुभयो । बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गर्नुभयो ।
यसअघि यो क्षेत्रमा नेकपा (एमाले)का लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधिसभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर निर्वाचित हुनुभएको हो । बलायरले २६ हजार एक ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्