Logo

भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



भक्तपुर, ११ मंसिर । गए राति भक्तपुरमा गाडी र मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।

दुघर्टनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक भक्तपुर–१ का सिजन फसिकवाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।

शनिबार राति दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको ३०१०२३ च ४२९३ नम्बरको गाडी र विपरित दिशाबाट जाँदै गरेको बा१०प९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए । दुर्घटनामा घाइते भएका एकजनाको उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot