Logo

गणित र विज्ञानमा ५७ शिक्षकमात्रै लिखित परीक्षा उत्तीर्ण



loksewa logo

काठमाडौं, ११ मंसिर । शिक्षक सेवा आयोगले लिएको निमावि तहको दुई विषयमा ५७ जनाले मात्र लिखित परीक्षा पास गरेका छन् ।

आयोगले गणित र विज्ञान विषयमा ३ सय ८१ जना शिक्षक माग गरेकोमा ५७ जना शिक्षक मात्रै लिखित परीक्षा उत्तिर्ण भएका हुन् ।

आयोगले सातै प्रदेशका लागि ठुलो मात्रामा शिक्षक माग गरेपनि गत चैत्र १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षामा ५७ जना मात्रै शिक्षक उत्तीर्ण भएका छन् ।



प्रतिक्रिया दिनुहोस्