Logo

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त



काठमाडौं, १३ मंसिर । माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको हिजो (सोमबार) बसेको ४७२ औ बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले दिएको राजीनामा स्वीकृत गर्दै बैठकले डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । डा. उपेन्द्र गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

उनी नेपालकै ठूलो लगानीमा सञ्चालनमा रहेको नेपाल मेडिसिटी अस्पतालका अध्यक्षपनि हुन् । महतो ग्रुप अफ कम्पनीले नेपालमा बैंकिङ, स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोतलगायतका क्षेत्रमा लगानी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot