Logo

प्रतिनिधिसभामा २ सय २९ महिला उम्मेदवारमध्ये नौ जना निर्वाचित



काठमाडौं, मंसिर १६ । राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ ९ प्रतिशत अर्थात् २ सय २९ महिला उम्मेदवार उठाएकामा जम्मा नौ जना मात्रै निर्वाचित भएका छन् ।

संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ । राजनीतिक दलहरूले भने अधिकांश ठाउँमा पुरुष उम्मेदवार उठाए । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला उम्मेदवारको सहभागिता गराउन नसके पनि अब दलहरूले समानुपातिक प्रणालीबाट महिलाको प्रतिनिधित्व गर्नुपर्नेहुन्छ ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनतर्फ विभिन्न राजनीतिक दलबाट उम्मेदवार दिएका मध्ये नौ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट २ हजार ४ सय ५२ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये महिला उम्मेदवारको संख्या २ सय २९ थियो ।

प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमा ३ हजार ३ सय २६ जनाको उम्मेदवारी परेकामा महिला २ सय ८६ जना थिए । कुल उम्मेदवारमध्ये महिलाको संख्या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९।३३ प्रतिशत र प्रदेशसभामा ८।५९ प्रतिशत थियो । यसमध्ये पनि निर्वाचित हुनेको संख्या न्यून छ ।

कांग्रेस नेतृत्वको पाँचदलीय सत्ता गठबन्धनबाट र एमाले नेतृत्वको गठबन्धनबाट २५ जना महिलाले मात्र प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका थिए । एमालेले ११, माओवादी केन्द्रले ७, कांग्रेसले ५, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक/एक जना महिलालाई उम्मेदवार उठाएको थियो । यीमध्ये एमालेबाट चार जना निर्वाचित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना निर्वाचित भए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना निर्वाचित भएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot