Logo

पर्यटकका लागि सिटी बस



काठमाडौं, पुस १ । सरकारले अंग्रेजी नयाँ वर्षदेखि विदेशी पर्यटकका लागि सिटी बस सञ्चालन तयारी थालेको छ । पर्यटकका लागि सम्पदा क्षेत्र प्रचारप्रसारका लागि करिब ३० किलोमिटर लामो पूरा यात्रा गर्न ३ घण्टा लाग्नेछ । बस टिकट लिएपछि दिनभर ‘होप अन होप अफ’का जुनसुकै बस चढ्न पाउनेगरी व्यवस्था गरिने भएको छ ।

काठमाडौं उपत्यकाका सम्पदा क्षेत्र अवलोकन गर्न आउने पर्यटकका लागि ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्न लागिएको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सारेको ‘पर्यटन पुनरोत्थान कार्ययोजना’अन्तर्गत सिटी बस सञ्चालन तयारी भएको हो ।

पहिलो चरणमा साझा यातायातका पाँच बिजुली बस हरेक आधा घण्टामा ललितपुर पाटन, काठमाडौं दरबार, पाशुपत क्षेत्र, बौद्धनाथ र स्वयम्भूनाथका लागि सञ्चालन गरिनेछ । पहिलो चरणको कार्यक्रम सफल भएपछि भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणसम्म लैजाने योजना छ ।

सिटी बस प्रभावकारी रूपमा सञ्चालनबारे सरोकारवालासँग मन्त्रालयले छलफलसमेत गर्दै आएको छ । यसअघि मन्त्रालयमा भएको छलफलमा साझा यातायात सञ्चालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot