Logo

नवनियुक्त उपप्रधानमन्त्री लामिछानेलाई बालकोटमा न्यानो आतिथ्यता



काठमाडौं, १२ पुष । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गृहमन्त्री लामिछाने आज साँझ बालकोट पुगेका हुन् ।

सो क्रममा अध्यक्ष ओलीले मन्त्री लामिछानेलाई बधाई दिनुको साथै सफल कार्यकालको लागि पनि शुभकामना दिएका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालपछि दोस्रो वरियतामा रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको पनि सहभागिता थियो ।

पुष १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि ओली निवासमै सहमति जुटेको र १६६ (शितलनिवास पुग्दासम्म १६९) सांसदहरुको समर्थन जुटेको थियो ।

पछिल्लो समय लामिछानेले ओलीसँग सुमधुर सम्बन्ध बनाएका छन् । उनी ओलीको सल्लाह र सुझावलाई शिरोधार्य गर्दै अघि बढेको पनि चर्चा छ । लामिछाने नेतृत्वको रास्वपाको संसद्मा २० सिट छ ।

उसले थप चार वटा मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि लामिछानेको पार्टीलाई विशेष महत्व दिएका छन् । मन्त्रिमण्डल विस्तारको पहिलो दिनमै लामिछानेलाई उनले रोजकै गृहमन्त्रालयको नेतृत्व सुम्पिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot