Logo

सरकारमा सहभागिताबारे पूर्वराजासँग राप्रपाको छलफल



काठमाडौं, पुस १५। क्रिसमसको पूर्वसन्ध्यामा चितवन पुगेका पूर्वराजा ज्ञानेन्द शाहका परिवारले अंग्रेजी नयाँ वर्ष चितवनमै मनाउने निश्चय भएको छ ।

जगतपुरमा खुल्न लागेको पाँचतारे होटल सोल्टीमा नयाँ वर्ष मनाउने योजनासहित उनी सपरिवार चितवन पुगेका छन्। बिहीबार पूर्व राजा ज्ञानेन्द्रका भाइ धिरेन्द्रका तीन छोरी पूजा, दिलासा र सिताष्मा पनि चितवन पुगेका छन् ।

करिब एक सातादेखि चितवनमा रहेका ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। राजासहितको प्रजातन्त्र खोजिरहेको राप्रपाका केही नेताले पूर्वराजा ज्ञानेन्द्रसँग सरकारमा जाने वा नजाने विषयमा छलफल गरेको स्रोतको भनाइ छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग राजनीतिक रूपमा नजिक रहेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो एजेन्डा स्थापित गराउन पहल गरिरहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot