Logo

गृहमन्त्री लामिछाने काठमाडौं सिडियो कार्यालय निरीक्षणमा



काठमाडौं, २१ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रसाशन कार्यालयको निरीक्षण गरेका छन् । बिहीबार गृहमन्त्री लामिछानेले जिल्ला प्रसाशन कार्यालयको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी (सिडियो) घनश्याम उपाध्यायलाई चुस्त दुरुस्त सेवा प्रदान गर्ने निर्देशन दिएका छन् ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी उपाध्यायले गृहमन्त्री लामिछानेलाई दैनिक काम कारबाही र कार्यसम्पादनको जानकारी गराएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot