Logo

राष्ट्रपति भण्डारी सार्वजनिक बस चढेर पाटन जाँदै



काठमाडौं, २३ पुष । राष्ट्रपति विद्यादेवी भण्डारी सार्वजनिक बस चढेर पाटन जादैँछिन्। उनी आज (शनिबार) ललितपुरमा हुने एक कार्यक्रममा सहभागी हुन् साझा यातायातको बिजुली बस चढेर पाटन जान लागेको जनाईएको छ ।

आज दिउँसो १ बजे हुने सांगीतिक कार्यक्रममा सहभागी हुन् शीतल निवासबाट सिधै साझा बस चढेर राष्ट्रपति भण्डारी ललितपुरको पिम्बहाल पुग्ने कार्यक्रम रहेको छ । यसअघि कुनै सार्वजनिक कार्यक्रममा जानु पर्दा राष्ट्रपतिको सवारीमा लावालस्कर लगाउने गरिन्थ्यो ।

यसको सर्वसाधारण जनताले आलोचना पनि गर्ने गरेका थिए । तर, आज भने राष्ट्रपति सार्वजनिक यातायात चढेर सार्वजनिक कार्यक्रममा जाने भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot