Logo

कांग्रेस सांसद भन्छन्– प्रचण्डले विश्वासको मत नपाए कांग्रेसकै नेतृत्वमा सरकार बन्ने स्थितिमा राजेन्द्र लिङदेनलाई किन प्रधानमन्त्री प्रस्ताव गर्ने ?



काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले आफ्नो पार्टी राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने पक्षमा नरहेको बताएका छन् ।
‘राजेन्द्र लिङ्देन कसरी प्रधानमन्त्री हुनुहुने ? पुस २६ मा प्रचण्डले विश्वासको मत पाउनुभएन भने सबभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खड्काले भने ।
कुनै बिन्दुमा गएर हिन्दुराष्ट्र कि धर्मनिरपेक्ष भनेर जनमत संग्रहमा जानुपर्ने अवस्था आउने पनि उनले औंल्याए । खड्काले भने, ‘संविधान बनाउने बेला संकलन भएर आएको जनमत खोलिएन । त्यसैले जनताले यसको खोजी गरेका छन् । यो चलायमान चासोका विषय हो । प्रबल मुद्दा हो । हाम्रो महाधिवेशनमा पनि आवाज’ उठेको थियो । प्रश्न उठेपछि निराकरण गर्नुपर्छ । कुनै पनि बेला हिन्दुराष्ट्र कि धर्मनिरपेक्ष भनेर जनमत संग्रहमा जानुपर्छ ।
हिन्दुराष्ट्रको मुद्दा राजेन्द्र लिङ्देनको नभएर जनताको मुद्दा भएको पनि उनले आंैंल्याए । कांग्रेस सांसद खड्काले भने, ‘अहिले यो मत बढ्दो छ । यसलाई कांग्रेसले स्वीकार्नुपर्छ । तर कांग्रेसले गणतन्त्रलाई छाडेको छैन । यो अलग विषय हो । जनताले चाहे के कुरा रोकिन्छ र ?’ जनताले प्रदेशको आवश्यकता नदेखेको पनि उनले बताए ।
मुलुकमा अहिले राष्ट्रिय सहमतिको भन्दा पनि स्थायी सरकार आवश्यक रहेको खड्काको भनाइ छ । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा गठबन्धन तोडिनुको विषयमा उम्किन नमिल्ने पनि उनले बताए । उनले थपे, ‘दुवैजना माननीय र महामन्त्री हुनुहुन्छ । उहाँहरुले पार्टी सभापतिलाई सफल बनाउन ध्यानकेन्द्रित गर्नुपथ्र्यो । गठबन्धन टुट्नुको मामिलामा उहाँहरु उम्किनै पाउनुहुन्न । उहाँहरुले पार्टी निर्णयविपरीत जान मिल्दैन ।’
अहिलेको अवस्थामा शेरबहादुर देउवालाई पार्टी सभापतिबाट हटाउन आवश्यक नदेखिएको पनि उनको तर्क । छैन । राष्ट्रपति पदका निम्ति कांग्रेस मतभारमासात दलीय गठबन्धनभन्दा थोरै कम भएकाले जित्ने सभावना रहेको दाबी पनि उनले गरे । उनले भने, ‘राष्ट्रपति पदमा हाम्रो दाबा रहन्छ, उम्मेदवारी रहन्छ । हिजो रामचन्द्र पौडेल वा गोपालमान श्रेष्ठको नाम थियो । अहिले पनि यस्ता योग्य व्यक्तित्व पार्टीमा धेरै हुनुहुन्छ । पार्टीले उपयुक्त निर्णय गर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot