Logo

नेपाल टी-२० लिग : लुम्बिनी फाइनलमा



 

काठमाडौं, २४ पुष । नेपाल टी-२० लिगको फाइनलमा लुम्बिनी अल स्टार प्रवेश गरेको छ। लुम्बिनीले आज जनकपुर रोयल्सलाई ६ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।

टस जितेर पहिला फिल्डिङ् रोजेको जनकपुरलाई लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन जोडेको थियो।

लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो।

लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन जोड्दा अनिल शाहले २४ रन जोडे। विपुल शर्मा २० रनमा आउट हुँदा श्याड्ली भान १७ रनमा अविजित रहे। यस्तै जनकपुरका लागि शमिउल्लाह शिनवारीले ४५ रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहे।

लुम्बिनीका लागि विपुल शर्मा, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २र२ तथा श्याड्ली भानले १ विकेट लिदाँ जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २र२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १र१ विकेट लिए।

जनकपुर अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ। भोलि हुने दोस्रो इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स भिड्दै छन्।



प्रतिक्रिया दिनुहोस्