Logo

बार्सिलोनासँग एट्लेटिको मड्रिड स्तब्ध



काठमाडौं, पुस २५ । स्पेनिस लिग फुटबल अन्तरगत गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा फ्रेन्च खेलाडी ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । खेलको अन्त्यतिर एट्लेटिको मड्रिडका स्टेफन साभिच र बार्सिलोनाका फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका छन्।

जितसँगै बार्सिलोनाले स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले १६ खेलबाट ४१ अंक बटुलेको छ । शनिबार राति पराजित भएको रियाल मड्रिड ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । एट्लेटिको भने २७ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्