Logo

नेपाल टी-२० लिग : विजेताका लागि बिराटनगर र लुम्बिनी भिड्ने



काठमाडौं, २६ पुष। नेपाल टी-२० लिग अन्तर्गत आजभएको दोस्रो क्वालिफायर खेलमा बिराटनगर विजयी भएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजभएको बिराटनगर सुपर किंग्स र जनकपुर रोयल्सबीचको खेलमा बिराटनगर विजयी भएको छ।

टस जितेर पहिला ब्याटिङ् रोजेको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन जोडेको थियो। जवाफि ब्याटिङमा उत्रेको जनकपुर १९.१ ओभरमा अल आउट हुँदै १२८ रन मात्र जोड्न सक्यो।

बिराटनगरका लागि गौरंशु शर्माले ४१ बलमा ४२ रन जोडे। त्यस्तै अर्जुन साउदले २६ बलमा ३५ रन जोडे। यस्तै, जनकपुरका लागि चडविक वाल्टनले ४७ बलमा ५१ रन जोड्दा कप्तान ट्रेभोन ग्रिफट्हले २४ बलमा ३४ रन मात्र जोड्न सके।

यो जितसँगै बिराटनगर फाइनल प्रवेश गरेको छ।

बिराटरनगर भोलि हुने फाइनल खेलमा लुम्बिनी अल स्टार्स भिड्ने छ।

पहिलो संस्करणको नेपाल टी-२० लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टिमको सहभागीता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्