Logo

भुसालको दस्तावेजलाई समाजवादीको जवाफ ‘स्वागत पत्र’



काठमाडौं, २८ पुष । नेकपा (एमाले) परित्याग गरेर गत प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाट पराजित भएका नेता धनश्याम भुसाल र नेकपा (एकीकृत समाजवादी)बीच पत्र आदानप्रदान भइरहेको छ। भुसालले केही दिन अगाडि समाजवादीलाई ५ पृष्ठलामो दस्तावेज बुझाएका थिए। त्यसको केहीदिन पछि बुधबार साँझ समाजवादीले भुसाललाई स्वागत पत्र पठाएको छ।

भुषासाल आफूले समाजवादीमा महासचिब पाए समाजवादी प्रवेश गर्ने तयारी गरिरहेका छन्। उनलाई पार्टीमा ल्याउन समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले तयारी गरिरहेका छन्।

भुसाललाई तत्काल सचिवालय सदस्यदिने पार्टीको तयारी रहेको समाजवादीका केही नेताहरुले बताएका छन्।

समाजवादीले जनता समाजवादी पार्टीसँग एकताका लागि वार्ता गरिरहेको छ। जनता समाजवादी पार्टीसँग एकता गर्न आज सिंहदरबारमा वार्ता भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्