Logo

मन्त्रिपरिषद्‍ विस्तारका लागि सत्ता साझेदार दलको बैठक बस्दै



काठमाडौं, २८ पुष । मन्त्रिपरिषद् विस्तारका लागि आज ३ बजे सत्ता साझेदार दलहरुको बैठक बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले बिना विभागीय मन्त्रीहरुको मन्त्रालय टुंगो लगाउने र अन्य मन्त्रालयहरुको भागबन्डा पनि टुङ्गयाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सत्ता गठबन्धको प्रमुख घटक एमालेले रक्षा र पर्यटनलगायतका मन्त्रालयमा द‍ाबी गरेको छभने माओवादीले परराष्ट्र, शिक्षा र सञ्चार मन्त्रालयमा दाबी गरेको छ।

यस्तै स्वतन्त्र पार्टीले श्रम, शिक्षा र स्वास्थ्य मन्त्रालयमा दाबीगर्दा राप्रपाले उर्जा र वन मन्त्रालयमा दाबी गरेको छ।

जसपाले सहरी विकास, परराष्ट्र र गरिबी निवारण मन्त्रालयको दाबीगर्दा जनमतले कृषि र उद्योग मन्त्रालयमा दाबी गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot