Logo

उपसभामुखको निर्वाचन कार्यतालिका आजै प्रकाशन हुने



काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

बिहिबारको प्रतिनिधि सभाले एमाले सांसद देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरेसँगै जबराले उपसभामुखको निर्वाचनको कार्यतालिका पनि आजै प्रकाशन गर्न निर्देशन दिएका हुन् ।

प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार देवराज घिमिरे एकसय ६७ मतसहित निर्वाचित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्