Logo

राष्ट्रिय सभा उपनिर्वाचन : एमालेबाट दसौंदी उम्मेद्‍वार



काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले कुमार दसौंदीलाई उम्मेद्‍वार चयन गरेको छ।

उनलाई माओवादी केन्द्रसहित सत्तारुढ दलको समर्थन रहनेछ।

माघ २५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको छ।

उनी आज दाङस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot