Logo

प्रेम आचार्यजस्तो अवस्थामा अरु नपरुन भनेर कदम चाल्नैपर्छ : दुजाङ शेर्पा



काठमाडौं, ११ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले युवा उद्यमी प्रेम प्रसाद आचार्यको निधनमा दुःख व्यक्त गरेका छन् । उनले प्रेम आचार्य देशमा केही गर्छु भन्ने युवाहरुको प्रतिनिधि रहेको पनि उल्लेख गरेका छन् । उनले अब प्रेम आचार्यजस्तो अवस्थामा अरु प्रेमहरु नपरुन भनेर राज्यले कदम चाल्नैपर्ने उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-“प्रेम आचार्य जि देशमा केही गर्छु भनेर बस्ने युवाहरुको अवस्थाको प्रतिनिधि हुनुहुन्छ। बिद्रोहको अन्तिम प्रयास आत्मदाहलाइ लिनु भनेको राज्य र राज्य संचालित गर्नेप्रति केही आशा नभएर हो। विश्वमा पनि राज्यसङ्ग केही नसकेर आत्मदाहलाई विद्रोह एवम असन्तुष्टि पोख्ने माध्यम बनाएको थुप्रै घटनाहरु छन। अब राजनीतिकर्मीले बुझ्नै पर्छ चरम आर्थिक संकट रहेको देशलाई कसरी संकटबाट निकाल्ने र देशमै केही गर्छु भन्नेलाई कसरी संरक्षण गर्ने । प्रेम जि जस्तो अवस्थामा अरु प्रेमहरु नपरुन भनेर कदम चाल्नैपर्छ । हार्दिक श्रद्धाञ्जली प्रेम आचार्य जि”



प्रतिक्रिया दिनुहोस्