Logo

आत्मदाह प्रकरण– गृहमन्त्री आफैं अस्पताल पुगेपछि प्रेमप्रसादका परिवारले बुझे शव



काठमाडौं, ११ माघ । आत्मदाहबाट निधन भएका प्रेमप्रसाद आचार्यको शव परिवारले बुझेका छन् । मंगलबार नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेमप्रसादको उपचारको क्रममा निधन भएपछि आफन्तले राज्य संयन्त्रले यो घटनामा चासो नदेखाएको भन्दै शव बुझ्न मानिरहेका थिएनन् ।

गृहमन्त्री रबि लामिछाने किर्तिपुरस्थित किर्तिपुर वर्न अस्पताल पुगेर मृतकका आफन्त भेटेपछि परिवारले उनको शव बुझेको हो । मृतक प्रेमप्रसादको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्