Logo

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्दैछ ।

धुम्बाराहीस्थित पार्टी सभापति देउवाको निवासमा अहिले बिहान ९ बजे बस्ने बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र दुई महामन्त्री सहभागी हुने छन् ।

राष्ट्रिय सभाका उपाध्यक्षको चुनावलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दैछ । राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेसले उम्मेदवारी दिने/नदिने सम्बन्धनमा बिहीबारको बैठकले टुंगो लगाउने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot