Logo

केपी ओलीका आवाज ठूला हुन थाले : रामहरि खतिवडा



काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आवाज ठूलो बनाउन थालेको टिप्पणी गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस राज्यमन्त्री पाएपनि सरकारमा आउँछ भनेर दिएको अभिव्यक्तिलाई लिएर खतिवडाले यस्तो बताएका हुन् ।

उनले भने,‘सबै कुराको प्रतिक्रिया दिरहनुपर्दैन् । उहाँको हैसियत हामीलाई थाहा छ । हिजो उहाँले के भन्नुभएको थियो, अहिले टालाटुली बटुली गरेर बस्नुभएको छ, ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री दिनुभएको छ, राप्रपालगायत अरुसँग भिख माग्दै हिँड्नुभएको छ ।’

खतिवडाले एमाले अध्यक्ष ओलीलाई कांग्रेसको बारेमा जथाभावी बोल्दै नहिँड्न पनि आग्रह गरे । उनले भने,‘हिजो उहाँ नै होईन, कांग्रेसलाई अब शिला खोज्नुपर्छ भन्ने । अहिले उहाँ कहाँ पुग्नुभयो ? कसलाई सिला खोज्दै हिँड्नुभएको छ । उहाँको आवाज ठूला हुन थाले । सबैलाई होच्याउँदा उहाँ आफू कति ठूलो हुनुभयो, नेपालमा झापामा नै सबैभन्दा होचो ठाउँ छ, उहाँका पनि त्यही मानिसकताको उपज नहोस ।



प्रतिक्रिया दिनुहोस्

Screenshot