Logo

विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आज शुरू हुँदै



काठमाडौं, माघ २७ । विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको आज उदघाटन हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानका बिहान ९ बजे महाधिवेशनको उदघाटन हुने भएको हो ।

पार्टी गठन भएयता उसले पहिलो पटक महाधिवेशन गर्न लागेको विवेकशील साझा पार्टीले जनाएको छ । केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समितिले महाधिवेशन तयारी गरेको नेता मिलन पाण्डेले बताए ।

उनका अनुसार पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको छ। समितिमा पार्टी अध्यक्ष समीक्षा बास्कोटा, तत्कालीन संयोजक मिलन पाण्डे, नेताहरू केशव दाहाल, रञ्जु दर्शना र रमेश पौडेल रहेका छन्।

महाधिवेशन भोली सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot