Logo

केपी ओली कप : खेल तालिका सार्वजनिक



काठमाडौं, २९ माघ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ।

राष्ट्रिय युवा संघ नेपालले आइतबार पत्रकार सम्मेलन गर्दै खेल तालिका सार्वजनिक गरेको हो।

जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच हुने भएको छ।

उनीहरुबीचको पहिलो खेल फागुन ११ गते दिउँसो ३ बजे एन्फा कम्पेक्समा हुनेछ।

आठ टोलीको सहभागि रहेको प्रतियोगिता फागुन १७ गतेसम्म चल्नेछ।

प्रतियोगिताको विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइने युवा संघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot