Logo

अनेरास्ववियुको २३ औं महाधिवेशन आजदेखि, उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन गर्ने



काठमाडौं, २ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । मंगलबार र बुधबार काठमाडौंमा हुने अनेरास्ववियुको महाधिवेशनको उद्घाटन सत्र प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

सात वर्षपछि हुने लागेको अनेरास्ववियुको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेमा निर्वाचन हुनसक्ने बताइएको छ । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने अनेरास्ववियुको मुल नारा रहेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot