Logo

नेपालको २ सय ५० रन पूरा



काठमाडौं, २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेलिरहेको नेपालले २ सय ५० रन पूरा गरेको छ।

नेपालले ४३.१ ओभरमा ५ विकेट गुमाउँदै २ सय ५० रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेलले ११० बलमा १०६ रन जोड्दै क्रिजमा रहेका छन् भने उनलाई सन्दिप जोराले १८ बलमा २० रन जोड्दै सघाइरहेका छन्।

टस हारेर ब्याटिङ् गरेको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

नेपालका लागि करन केसीले ५ विकेट लिएका छन् भने सन्दीप लामिछानेले ३ विकेट लिएका छन्।

यस्तै सोमपाल कामी र कुशल मल्ले समान १/१ विकेट लिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot