Logo

स्कटल्यान्डलाई पाँचौ झट्का



काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालसँग खेलिरहेको स्कटल्याण्डलाई पाँचौं झट्का लागेको छ।

नेपालका लागि बलर कुशल भुर्तलले स्कटल्याण्डका ब्याट्सम्यान ग्रीस ग्रेभ्सको विकेट लिएका हुन्।

यसअघि कुशल मल्ल र सन्दीप लामिछानेले समान २/२ विकेट लिएका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस जितरे यतिबेला फिल्डिङ् गरिरहेको हो।

स्कटल्यान्ड ताजा अवस्थामा २३.३ ओभरमा ५ विकेट गुमाउँदै १०९ रनमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot