Logo

सरकारी विद्यालयको कन्तबिजोग



काठमाडौं, फागुन ८ । नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षासम्बन्धी हक उल्लेख गरिएको छ । उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक उल्लेख छ । उपधार २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हकको व्यवस्था गरिएको छ ।

तर, जिल्लाको मष्टा गाउँपालिका–२ मा रहेको धनातोली गाउँका बालबालिका भने शिक्षाबाट वञ्चित हुने भएका छन् । गाउँ नजिकै रहेको घटालदेब मंगल प्राविको भवन ३० माघमा गएको भूकम्पको धक्काले बस्न नमिल्ने गरी चिराचिरा भएपछि यस विद्यालयमा अध्यनरत बालबालिकाको विचल्ली भएको अभिभावक मिनेश रोकायाले बताए । उनले भने, ‘जस्ताले छाएको चारकोठे पक्की भवनसहित बालबालिकाले खेल्ने खेलमैदान, शौचालय सबै भत्किएपछि विद्यालयमा अध्यनरत ६० जनाभन्दा बढी बालबालिकाको बिचल्ली भएको हो ।

२३ कात्तिक र २६ मा आएको भूकम्पले भवनमा सामान्य क्षति गरेको भए पनी २८ माघको राति आएको भूकम्पको धक्काले भने भवनमा बस्न नमिल्ने गरी चारकोठा शौचालय, खेलमैदान, घेरबार सबै भत्किएको छ । भवनभित्र बस्न सकिने अवस्था नै छैन । सानो भूकम्पले पनि कति बेला ढल्छ थाहा छैन ।

सामान्य हावा लागिरहेको समयमा पनि भवनबाट ढुंगा खसिरहेका हुन्छन् । यस्तो अवस्थामा बालबालिकालाई त्यहाँ बसाल्न निकै जोखिम हुनेहुँदा पालिकाको शिक्षा शाखा तथा इन्जिनियरसहितको अनुगमन टोलीले त्यस क्षेत्रमा प्रवेश नगर्न निर्देशन दिएको छ ।’

गाउँभन्दा टाढा मष्टा निमावि तुतीमा रहेको विद्यालयमा बालबालिका अध्ययनका लागि पठाउने हो भने बाटोमा डुन्डेखोला र घटाल पातल जंगल रहेकाले बालबालिकालाई जंगली जनावारको डर हुने स्थानीय कल्पना रोकायले बताइन् । उनले भनिन्, ‘२०६५ सालमा स्थापना भएको यस विद्यालयमा बालबालिका अध्यापन गराउन सजिलो थियो तर भूकम्पले काम नलाग्ने गरी विद्यालय भत्काएपछि कतिपयका बालबालिका विद्यालय जानै छोडेका छन् ।

सबै बालबालिकालाई एउटै कक्षा कोठामा राखेर पढाउनुपर्ने अवस्था छ । बस्न ठाउँ छैन, खेल्ने मैदान छैन । त्यसैले कतिपयले अभिभावकले बालकालिकालाई विद्यालयमा नै पठाउँदैनन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot