Logo

महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न



काठमाडौं, ८ फागुन । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका शाखाहरुद्धारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको जनाईएको छ ।

बैंकको बसन्धुरा शाखाले तारकेश्वर नगरपालिका वडा नम्बर ९ मा अवस्थित् मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । कक्षा एकदेखि छ सम्मका विद्याथीहरुलाई अध्यापन गराईरहेको विद्यालयले थप एक गर्न लागेको र विद्यार्थीहरुको संख्यापनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

त्यसैगरि बैंकको बिजयपुर शाखाले पोखरा उपमहानगरपालिका वडा नम्बर २६ मा अवस्थित् कडेनी प्रगती टोल विकास संस्थालाई डस्टविन तथा कुर्सी हस्तान्तरण गरेको छ ।बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनको लागि डस्टविन र संस्थाको कार्यालय प्रयोजनार्थका लागि कुर्सी प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot