Logo

माओवादीको साथ कांग्रेसलाई, एमाले नेताहरु राष्ट्रपतिमा सुवास नेम्वाङ भारी मतले विजयी हुनेमा ढुक्क



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का नेताहरु राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङ भारी मतले विजयी हुनेमा ढुक्क छन् । एमालेको आज विहान बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सो निर्णयलगत्तै पार्टीका पदाधिकारीहरुले नै नेम्वाङलाई बधाई दिँदै भारी मतान्तरले विजयी हुने दाबी गरिरहेका छन् । एमाले सचिव योगेश भट्टराईले पनि नेम्वाङलाई बधाई दिँदै जित्ने दाबी गरेका छन् ।

उता, उपाध्यक्ष एवम् वर्तमान सरकारमा उपप्रधानमन्त्ती तथा अर्थमन्त्रीको जिम्मेवारीमा रहेका विष्णु पौडेलले पनि नेम्वाङलाई भारी मतान्तरले विजयको लागि शुभकामना दिएका हुन् । नेता राजन भट्टराईले पनि राष्ट्रपतिमा जितिने दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot